जापानबाट आठ लाख डोज खोप आउदै



काठमाडौं । जापान सरकारले अनुदानमा दिन लागेको कोरोनाविरुद्धको अष्ट्राजेनेकाको आठ लाख डोज खोप आगामी शनिबार र आइतबार काठमाडौं आइपुग्ने भएको छ ।

काठमाडौंस्थित जापानी राजदूतावासका अनुसार आगमी शनिबार र आइतबार दुई पटकमा कोरोनाविरुद्धको अष्ट्राजेनेकाको आठ लाख डोज खोप काठमाडौं आइपुग्ने भएको हो ।

जापानबाट विहीबार र शुक्रबार गरी दुई वटा विमान काठमाडौंका लागि उड्ने जापानी राजदूतावासले जारी गरेको विज्ञप्ती मा उल्ल्केख छ , उक्त खोप क्रमशः शनिबार र आइतबार काठमाडौं आइपुग्नेछ ।

जापान सरकारले नेपाललाई १६ लाख डोज अष्ट्राजेनेका खोप दिन लागेको हो । बाँकी आठ लाख जोड खोप पछि आइपुग्ने राजदूतावासले जनाएको छ ।