मनसुनको अवसरमा दिलकृष्णको बुलेट चल्दै

Admin Newsbank Entertainment/मनोरञ्जन , June 20th, 2016

काठमाण्डौँ, ६ असार । मनसुन को सुरुवात संगै आफ्नै होम प्रोडक्सन श्रेष्ठ इन्टरनेशनलको व्यानरमा निर्माण भएको पछिल्लो चलचित्र बुलेट लाई लिएर आउँदैछन् कलाकार दिलकृष्ण श्रेष्ठ । लामो समय देखि नेपाली चलचित्र क्षेत्रमा स्थापित हुने कोशिसमा रहेका दिल कृष्ण श्रेष्ठका यस अघिका तिमि जहाँ भएपनि, लुट कम्पनी जस्ता चलचित्र प्रदर्शनमा आईसकेका छन् भने उनिद्धारा अभिनित चलचित्र हिरोज र वुलेट भने प्रदर्शनमा आउनै लागेका चलचित्र हुन् । वुलेट दिलकृष्णको होम प्रोडक्सनमा वनेको चलचित्र हो ।
नेपालमा फिल्म बनाउन भन्दा प्रदर्शन गर्न महाभारत हुने नेपाली सिनेमा उद्योगमा महाभारत युद्धका योद्धा झैं अनुभव भइरहेको अभिव्यक्ति दिदै चलचित्रको प्रदर्शन मिती र फस्ट लुक सार्वजनिक गर्ने तयारीमा लागिरहेको बताएका छन् ।
ग्राफिक्स एनिमेशनको उच्च प्रयोग भएको चलचित्र बुलेटको प्राविधिक कार्यको लागि मात्र दुइ बर्ष लागेको बताए । हाल यस फिल्म को रेन्डरीङ्ग कार्य दुबइमा भइरहेको छ ।

dil krishna 3

शारदा श्रेष्ठको दोश्रो प्रस्तुती भुवन पराजुलीको निर्माण रहेको यस चलचित्रमा दिल कृष्ण को प्रमुख भुमिका रहेको छ । बुलेटको पोष्ट प्रोडक्सनको समय अवधिभर दिल कृष्णले एन वि महर्जनको निर्देशनमा बनेका चलचित्र हिरोज र आरोहि गिरि द्घारा निर्मित सरकार मा समेत गर्न भ्याएका छन । दिलकृष्ण अभिनित यि दुइ चलचित्र पनि यहि मंसिर भित्र प्रर्दशन आउने जानकारी गराए ।

dil krishna 1

एक्सन रोलमा आफुलाइ सशक्त रुपमा प्रसतुत गर्दै आएका दिलकृष्ण ले तिनै वटा चलचित्रमा फरक तथा सशक्त अभिनय गरेको बताएका छन् । पछिल्ला समयमा एक्सन हिरोहरुको खडेरी लागिरहेको अवस्थामा श्रेष्ठले एक्सन हिरोको कमिलाई पुरा गर्ने अपेक्षा इण्डष्ट्रिले राखेको छ ।

  • साेविता सिम्खडाकाे उपन्यास वराङ्गना सर्वत्र बजारमा

  • Follow US @