भरतपुर महानगरपालिकाको मेयरमा रेणु दाहाल विजयी, ज्ञवाली २०२ मतले पराजित

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ८ वर्ष अगाडि

चितवन,२१ साउन । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी र कांग्रेसकी साझा उम्मेदवार रेणु दाहाल निर्वाचित भएकी छिन । निकटतम प्रतिस्पर्धी एमाले उम्मेदवार देवी ज्ञवालीलाई २०२ मतले पछि पार्दै दाहाल मेयरमा निर्वा्चित भएकी हुन ।
२० नम्बर वडाको मत गणना सुरु हुँदासम्म २२१ मतले पछि रहेकी रेणुले अन्ततः यही वडाबाट आफ्नो जित सुनिश्चित गरेकी थिइन् । मतगणना सुरु भएदेखि नै अग्रता लिएका एमाले उम्मेदवार देवी ज्ञवाली पुनः मतदान भएको १९ नम्बर वडा र २० नम्बर वडामा कमजोर देखिएपछि रेणुको जित सम्भव भएको हो ।उपमेयरमा पनि कांग्रेस माओवादी गठबन्धनबाट कांग्रेसकी पार्वती शाह निर्वा्चित भएकी छन् ।