पत्रकारहरुको पदयात्रा, देबीचौर देखी भट्टेडाँडा सम्म

Dipak Pudasaini Business/अर्थ ब्यापार , MainNews/प्रमुख समाचार , News/समाचार , न्युज बैंक बिषेश , प्रदेश , २६ मिनेट अगाडि

दिपक पुडासैनी

काठमाण्डौ, २० असार । करिब सय जना पत्रकारले आज गोदाबरी नगरपालिकाको देबीचौर देखी स्वर्गद्धवारी, बिपी पार्क भ्यूटावर हुँदै भट्टेडाँडा सम्मको अबलोकन भ्रमण गरेका छन । सम्पादक समाजको आयोजनामा भएको उक्त पत्रकार पदयात्रा गोदाबरी नगरपालिका भित्रको पर्यटकिय क्षेत्रको पहिचान, प्रचार र प्रबर्धन गर्ने उदेश्यले भएको हो ।

जन प्रतिनिधीहरु नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन, उप प्रमुख मुना अधिकारी, वडा नँ ७ का अध्यक्ष मधु बजगाँइ तथा सन्चार कर्ममै जिवन बिताएका पत्रकारहरु सम्पादक समाजका सँरक्षक किरण बैध, अध्यक्ष पुरु रिसाल, महा सचिब श्याम डोटेल, गोरखापत्रका प्रधान सँम्पादक जुनारबाबु बस्नेत, जनता टेलिभिजनका समाचार प्रमुख टँक पन्त, न्यज२४ का प्रधान सम्पादक नबराज चालिसे, मध्यान्ह दैनिकका सम्पादक मदन कुमार श्रेष्ट तथा प्रकाशक सितादेबी श्रेष्ट, प्रेश काउन्सिल नेपालका मुख्य अधिकृत झबिन्द्र भुषाल, नेपाल पत्रकार महासँघ ललितपुर शाखाका अध्यक्ष रामहरी कार्की, काठमाण्डौ शाखाका उपाध्यक्ष कमल राना लगायत सहभागी रहेको पदयात्रा नगरपालिकाको वडानँ ७ देबीचौरबाट शुरु भएको थियो । पन्चकन्याले पदयात्रा टोलिलाई स्वागत गरेपछी निर्माणधिन पाथिभरा मन्दिर तथा पिकनिक स्थल, स्वर्गद्धवारी मन्दिर, अबलोकन गरि बिपिपर्क पुगेको थियो ।

Screenshot

काठमाण्डौ उपत्यकाको करिब ८० प्रतिशत भु भाग देखिने भ्यूटावरबाट काभ्रे तथा मकवानपुरका केहि भाग समेत अबलोकन पश्चात पदयात्रा टोलिलाई नगर प्रमुख, उप प्रमुख लगायतका जन प्रतिनिधीले नगरका याबत समस्यमहरुका बारे अबगत गराउनू भएको थियो ।

पदयात्रा आयोजनाको उदेश्य, यस अघि पदयात्रा गरेका स्थानहरु लौके झरना नुवाकोट तथा जलबायू पार्क सिन्धुपाल्चोकमा लाग्ने गरेको अध्याधिक पर्यटकको भिड तथा पदयात्रा कार्यक्रम गर्ने उदेश्यका बारेमा महासचिब श्याम डोटेल तथा अध्यक्ष पुरु रिसालले जानकारी गराउनू भएको थियो ।

Screenshot

त्यस पश्चात पदयात्रा टोलिले एसियाकै दोस्रो ठुलो हवाइ नियन्त्रक राडार तथा सन १९९२ मा पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको बिमान दुर्घटना भएको स्थान भट्टेडाँडाको अबलोकन गरेका थिए ।