पराजुलीलाई अध्यक्ष चयन गर्दै अनेसास कतारको ११ औ अधिबेशन सँम्पन्न

Dipak Pudasaini Latest Update , News/समाचार , प्रवास , साहित्य , साहित्य/ पुस्तक , २ महिना अगाडि

कतार,५ असोज – अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कतारको ११औं अधिवेशन सँम्पन्न भएको छ । दोहामा सँम्पन्न अधिबेशनले दिलीप पराजुलीको अध्यक्षतामा निर्बिरोध नयाँ कार्यसमिती चयन गरेको छ ।

जसको प्रथम उपाध्यक्षमा खेमराज सुवेदी,द्वितीय उपाध्यक्ष चक्र कार्की,महासचिव लीलानाथ कश्यप,सचिव सानु थपलिया कोषाध्यक्ष नारायण निरजल तथा सह–कोषाध्यक्षमा गोविन्द उदासी चयन भएका छन भने सदस्यहरुमा शिव सुवेदी, रफी मियाँ, सुजाता डी.सी., चन्द्रशेखर दाहाल र प्रदीप दाहाल चयन भएका छन ।


नेपाल पत्रकार महासँघ कतार शाखाका अध्यक्ष दिल कुमार श्रेष्टको प्रमुख आतिथ्यतामा अनेसास नबोदित साहित्यिक बाचनालय कतारको १ सय ६२ औ डबली तथा १ सय ६० औ मोती जयन्ती सहित अधिबेशनको सँम्पन्न भएको थियो ।


अनेसास कतारका कार्यबाहक अध्यक्ष यादब रेग्मीको सभापतित्वमा सँम्पन्न अधिवेशनको अवसरमा तिन कृतिहरु गजलकार सानू थपलियाको गजल संग्रह “मकरन्द”, डा. नवराज लम्सालको महाकाब्य “कल्प” तथा प्रभु प्रसाद पराजुलीको पुस्तक “सामाजिक कहानी ः पीडा भित्रको व्यथा” को विमोचन समेत गरिएको थियो ।


निबर्तमान अध्यक्ष मणि पौडेललाई बिशेष सँम्मान गरिएको अधिबेशनमा शिव सुवेदी, निर्दोष बस्याल, प्रदीप दाहाल, पूर्ण कान्छा गुरुङ, चक्र कार्की, सिताराम थापा, रफि मियाँ, प्रेम प्रसाद भट्टराईलगायतले रचना बाचन गरेका थिए । उक्त अधिबेशनमा कतारमा श्रमरत दर्जनौ साहित्यकारहरुको उत्साहपुर्ण सहभागिता थियो ।