काठमाण्डौ, १७ असार । नेपाल आयल निगमले गएराती १२ बजे बाट लागुहुने गरी डिजेल, पेट्रोल, एल पि ग्याँस तथा हवाइ इन्धनको मुल्य घटाएको छ । निगमका अनुसार डिजेलमा रु ३०, पेट्रोलमा रु २०, एलपि ग्याँसमा प्रति सिलिण्डर रु १०० तथा हवाइ इन्धनमा आन्तरिक तर्फ रु ४० ले मुल्य घटाएको हो ।


