दिपक पुडासैनी
काठमाण्डौ, ६ असार । नागरिकको दृष्टिमा पत्रकारिता क्षेत्रको बिश्वसनियतामा कमि आउँदै गएपछी पत्रकारलाई जिम्मेवार बनाउन सम्पादक समाज नेपालले अभियाननै सन्चलन गरेको छ । समाजले हरेक जिल्लामा क्रियाशिल पत्रकार जम्मा गरेर जिम्मेवार पत्रकारिता र नागरिक अपेक्षा बिषयक अन्तरक्रिया कार्यक्रम गरिरहेको छ । यसै सन्दर्भमा समाजले आज काभ्रेपलान्चोक जिल्लाको पनौतीमा उक्त गोष्टि सँपन्न गरेको छ । समाजका अध्यक्ष पुरु रिसालको सभापतित्वमा भएको गोष्टिमा प्रमुख अतिथीको आसनबाट बोल्दै पनौती नगरपालिकाका प्रमुख राम शरण भण्डारीले पत्रकारिता क्षेत्रमा आएको बिकृतीको चर्चा गर्दै जु्न कुनै माध्यममा आएको खबर पनि समाचार भनेर पत्याउनू पर्ने र ति बिश्वसनिय नहुँदा सत्य समाचार पनि पत्याउन नसकिने अबस्था आएको बताउनु भयो । भ्यूज बढाउने आशामा नाटकिय खबर सँप्रेषण हुँदा बास्तबिक खबर छाँयाँमा पर्यो भन्दै नगर प्रमुख भण्डारिले पत्रकारिता क्षेत्रलाई जिम्मेवार बनाउन सँबद्ध सबैले गँभिर बन्नुपर्नेमा जोड दिनुभयो ।

यसअघि नुवाकोट र काठमाण्डौमा यस प्रकारको गोष्टि सँम्पन्न गरिसकेको जानकारी गराउँदै सम्पादक समाजका महासचिब श्याम डोटेलले नागरिकको अपेक्षा अनुरुप पत्रकारलाई जिम्मेवार बनाउन समाजले बिगत एक बर्षदेखी गृहकार्य गरिरहेको जानकारी गराउनु भयो । बागमती प्रदेशका सबैजिल्लामा यस प्रकारको गोष्टि क्रमश गर्दै जाने र पत्रकारलाई जिम्ेवारी बोध गराउँदै पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउने लक्षमा समाज क्रियासिल रहेको पनि महासचिब डोटेलले बताउनु भयो ।

रत्न राज्यलक्ष्मी क्याम्पस पत्रकारिता बिभागका प्रमुख डा. जगत नेपालले कार्यपत्र प्रस्तुत गर्दै पछिल्लो समय पत्रकारिता क्षेत्र न्यूजमा भन्दा भ्यूजमा दोडिएको प्रति असन्तुष्टि जनाउनू भयो । सन्चार गृहहरु पनि पत्रकारलाई पारिश्रमिक दिएर खोजमुलक समाचार तिर जान छोडि न्यूज एजेन्सिकै समाचार प्रकासन गर्न थाले भन्दै डा नेपालले सम्पादकिय दैलो पार नगरेका खबरलाई समाचार भन्न नसकिने त्यो केबल सुचना मात्रै हुनसक्ने जिकिर गर्नुभयो । सरकारले सन्चारमाध्यममा गरेको अघोषित नियन्त्रणलाई लक्षित गर्दै डा. नेपालले भन्नु भयो जुन समाजमा नागरिक बोल्न डराउँछ त्यहाँ प्रजातन्त्र फस्टाउँदैन । पत्रकारितालाई राज्यले नियन्त्रण गर्ने होइन राज्यले बचाउनू पर्छ ।
अध्ययनकर्ता तोया गौतमले मोफसल पत्रकारिताको सन्दर्भमा काभ्रेपलान्चोकको अवस्थाबारे प्रस्तुति दिँदै पत्रकारिता क्षेत्रको उत्थान र बिकाशकोलागी स्थानिय देखी केन्द्र सरकार सम्मले ध्यान दिनुपर्नेमा जोड दिनु भयो । गौतम्ले विसं २००८ मा वीरगञ्जबाट सेवा साहित्यिक पत्रिका प्रकाशन भएको इतिहास स्मरण गर्दै काभ्रेपलाञ्चोकमा हाल ४ दैनिक र ४३ साप्ताहिक पत्रिका दर्ता छन्, जसमध्ये १६ वटा साप्ताहिक नियमित प्रकाशनमा छन्। स्थानीय विषयवस्तुलाई प्राथमिकता दिँदा नागरिकको विश्वास बढ्ने बताउनुभयो।

विशेष अतिथि पत्रकार महासंघका पूर्व अध्यक्ष एबँ सार्बजनिक प्रसारण सँस्थाका निबर्तमान प्रमुख महेन्द्र विष्टले पत्रकारिता क्षेत्र जिम्मेवारीपूर्ण हुनुपर्नेमा जोड दिँदै मिडियाको संख्या बढे पनि विषयवस्तुमा विविधता नआएको बताउनुभयो। पत्रकारहरू आचारसंहिता पालनामा कमजोर देखिएको र लोकतन्त्रमा मिडियाको भूमिकाबारे गम्भीर समीक्षा आवश्यक रहेको उहाँको भनाइ थियो। पत्रकारिताको महत्व छ यसलाई कमजोर हुन दिनु हुँदैन भन्दै डा. बिष्टले प्रविधिले कामलाई सहज बनाए पनि पत्रकारहरूको सिर्जनशीलता कमजोर हुँदै गएकोले आफ्नो कर्तव्य र दायित्वप्रति सचेत रहन आग्रह गर्नुभयो।

कार्यक्रममा लक्ष्मीप्रसाद अधिकारी, नेपाल रेडक्रस सोसाइटी काभ्रेका मन्त्री राजु सिग्देल, नेपाल बार एसोसिएसन काभ्रेका अध्यक्ष हरिशरण दाहाल लगायतले धारणा राख्नुभएको थियो। अध्यक्ष दाहालले समाजका विकृति र विसङ्गतिबारे सत्यतथ्य सूचना दिन पत्रकारले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।
नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनोदकुमार न्यौपानेले पत्रकारिता क्षेत्रको भविष्यप्रति चिन्ता व्यक्त गर्दै सामाजिक सञ्जालको प्रभावले पत्रकारिताको गुणस्तर कायम गर्न चुनौती थपिएको बताउनुभयो। संघीयतापछि मिडिया हाउसहरूको आम्दानी घटेको र पत्रकारिता पेशामा नयाँ पुस्ताको आकर्षण कम हुँदै गएको उहाँको भनाइ थियो।
सम्पादक समाज नेपालका संरक्षक किरण वैद्यले विगतका पत्रकारहरू बढी जिम्मेवार रहेको उल्लेख गर्दै केही पत्रकारका कारण समग्र पत्रकारिता क्षेत्र बदनाम भएको टिप्पणी गर्नुभयो। नागरिकले पनि पत्रकारलाई सचेत र जिम्मेवार बनाउन भूमिका खेल्नुपर्ने उहाँले बताउनुभयो।
सहभागीहरूको तर्फबाट केशवराज पौडेलले नयाँ पुस्तालाई पत्रकारितातर्फ आकर्षित गर्ने कार्यक्रम आवश्यक रहेको धारणा राख्नुभयो। नेपाल पत्रकार महासंघ काभ्रेका पूर्वअध्यक्ष महेश पौडेलले पत्रकारिता अझै बिग्रिनसकेको तर आत्मसमीक्षा र सचेतना आवश्यक रहेको बताउनुभयो। पत्रकार ज्योति श्रेष्ठले महिला पत्रकारहरूको सहभागिता बढाउन पहल गर्न आग्रह गर्नुभयो भने पत्रकार ईश्वरी राजकुमार मैनालीले पत्रकारिताभित्र रहेका कमजोरी सुधार्नुपर्ने बताउनुभयो। पत्रकार भिम गौतमले सामाजिक सञ्जाललाई पूर्णरूपमा रोक्न नसकिए पनि जिम्मेवार पत्रकारितामार्फत नियन्त्रण गर्न सकिने धारणा व्यक्त गर्नुभयो।
काभ्रेपलाञ्चोकका सक्रिय पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा सम्पादक समाजका उपाध्यक्ष एबँ गोरखापत्र दैनिकका प्रधान सम्पादक जुनारबाबु बस्नेतले स्थानिय आबश्यकतालाई निति बनाउने थलो केन्द्र सम्म पत्रकारिताले जोड्छ भन्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो।

