रोल्पा,२५ कात्तिक । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता वर्षमान पुन लगायत निर्वाचन प्रचारमा रहेका उम्मेदवारहरुलाई लक्षित गरी नपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरुले वम फिस्फोट गराएका छन् । ओत र घर्तिगाउँको बीचमा पर्ने भिताबाङ भन्ने ठाउँमा सडकमा एम्बुस थापेर नेकपाका कार्यकर्ताले विस्फोट गराएका हुन् ।विस्फोटमा परी नेता पुन सवार गाडि र सुरक्षाका लागि स्कर्टिङमा रहेको गाडीमा सामान्य क्षति पुगेको छ । उनीहरु भने सकुशल रहेका छन ।प्रतिनिधि सभा सदस्यमा रोल्पाबाट उम्मेदवार दिएको पुनले आफूहरुको हत्याको योजनासहित बम विस्फोट गराई पनि आफ्नो निर्वाचन प्रचार अभियान नरोकिने बताएका छन् ।

