आगलागीबाट एक करोडको धनमाल नष्ट

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाडौँ, २६। टोखा नगरपालिका–८ बानियाँटारमा राजकुमार राचलको फर्निचर उद्योगमा आज बिहान आगलागी हुँदा रू एक करोड बराबरको धनमाल जलेर नष्ट भएको छ ।

बिहान ४ बजे विद्युत् चुहिएर लागेको आगो स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा दमकलको सहयोगमा बिहान ८ बजे नियन्त्रणमा लिइएको महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब निरीक्षक प्रकाशबहादुर रावतले जानकारी दिनुभयो ।