नयाँ सरकार गठनमा ढिलाई नगर्न सरकारलाई नेम्वाङको चेतावनी

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ८ वर्ष अगाडि

काठमाण्डौ,२३ पुस । नेकपा एमालेका नेता सुवाष नेम्वाङले नयाँ सरकार गठनमा ढिलाई नगर्न सरकारलाई चेतावनी दिनु भएको छ । पूर्व सभामुख समेत रहनु भएका नेम्वाङले सरकारले राष्ट्रिय सभा निर्वाचनको मिति लामो राखेर नयाँ सरकार गठन गर्न ढिलाई गरिरहेको आरोप लगाउनु भयो । उहाँले सरकार प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने जिम्मेवारी पर सारेर सरुवा, नियुक्ती र बढुवाको काममा लागि रहेको भन्दै आपत्ति पनि जनाउनु भयो । आज आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता नेम्वाङले जनादेश् अनुसार नयाँ सरकार गठन प्रक्रिया अघि बढाउन सरकारसँग माग समेत गर्नु भयो ।नेता नेम्वाङले सरकारले निर्वाचित जनप्रतिनिधिहरुलाई काम दिन समेत आलटाल गरिरहेको आरोप समेत लगाउनु भयो ।