काठमाडौं ,२७ पुस। आज पृथ्वीजयन्ती तथा एकता दिवस। लोकतन्त्र आएपछि औपचारिक रुपमा राष्ट्रिय एकता दिवस नमनाएको सरकारले यस वर्ष भने विविध कार्यक्रम गरेर पृथ्वी जन्यती मनाउँदैछ ।नेपालको एकीकरण गर्ने पृथ्वीनारायण शाहको योगदानको सम्झना गरि मनाइँदै छ। विसं १७७९ पुस २७ गते जन्मिएका शाहले बाइसे चौबीसे राज्यमा छरिएर रहेका राज्यहरुलाई एकत्रित गरेर आधुनिक नेपाल निर्माण गर्नु भएको थियोे । भौगोलिक रुपमा नेपाल एकीकरण गरेकाले शाहलाई राष्ट्र निर्माताको उपमा समेत दिने गरिएको छ ।लोकतन्त्रपछि गठन भएको सरकारले एकता दिवसको बिदा कटौती गरेको भए पनि सरकारले आज सार्वजनिक बिदा दिएको छ ।यद्यपि, उहाँको आलोचना पनि उत्तिकै हुने गरेको छ ।

