सातै प्रदेशका सांसदहरुले गरे सपथ ग्रहण, प्रदेशसभाको पहिलो बैठक पनि आजै

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ८ वर्ष अगाडि

काठमाडौँ,७ माघ । प्रदेशसभाका सबै सदस्यले आज सपथ ग्रहण गरेका छन। सम्बन्धित प्रदेशका प्रमुखले सबै भन्दा पहिला त्यस प्रदेश सभाका जेष्ठ सदस्यलाई सपथ ग्रहण गराए पछि प्रदेशसभाका अन्य सांसदहरुलाई सपथ ग्रहण गराईएको हो । निर्वाचन अयोग सँग भएको सहमति अनुसार सातै प्रदेशमा लगभग एकै समय बिहान ११ बजे सपथ ग्रहण कार्यक्रम भएको हो । सपथ ग्रहणा कार्यक्रममा सुरक्षा निकाय लगायत  सम्बन्धीत  निकायका प्रमुखहरूकाे सहभागिता रहेकाे थियाे ।

सपथ ग्रहणमा सहभागी हुन सात वटै प्रदेशका प्रमुखहरु हिजो नै सम्बन्धित क्षेत्रमा पुगिसकेका थिए। सपथ ग्रहण लगत्तै ज्येष्ठ नागरिकको अध्यक्षतामा प्रदेशसभाको पहिलो बैठक पनि आजै बस्नेछ।

आयोगले यही माघ २४ गते हुने राष्ट्रियसभा सदस्यका लागि माघ ७ गते आज नै नामावली प्रकाशन गर्ने तालिका सार्वजनिक गरिसकेको छ। त्यस अगावै प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिइसक्नुपर्ने कानूनी बाध्यता छ।प्रदेशसभाको पहिलो बैठक बसेको २० दिनभित्र प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ। उक्त बैठकले मुख्य मन्त्री र प्रदेश सरकार चयन गर्नेछ।