प्रदेश नं ७ को मुख्यमन्त्रीमा माओवादी केन्द्रका त्रिलोचन भट्टलाई सिफारिस

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,१९ माघ । माओवादी केन्द्रले प्रदेश नम्बर ७ को मुख्यमन्त्रीका लागि डोेटीबाट प्रदेशसभामा निर्वाचित सांसद त्रिलोचन भट्टलाई सिफारिस गरेको छ। वाम गठबन्धनले प्रदेश नम्बर ७ मा मुख्यमन्त्री माओवादी केन्द्रलाई दिने सहमति गरेसँगै सो दलले शुक्रबार पार्टीको प्रदेश कार्यालयबाट सांसद भट्टको नाम सिफारिस गरेको हो। बिहीबारसम्म माओवादीभित्र भट्टसँगै कैलालीबाट निर्वाचित सांसद वीरमान चौधरी र दार्चुलाका सांसद मानबहादुर धामीको नाम चर्चामा थियो। प्रदेशसभामा उक्त दलबाट प्रत्यक्ष र समानुपातिक गरी १४ सांसद छन्।

प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढीलाई नै कायम गर्ने गरी पहाडलाई मुख्यमन्त्री दिन सन्तुलन मिलाउने क्रममा भट्टलाई माओवादीले सिफारिस गरेको आकलन गरिएको छ।यसअघि भट्ट २०६४ र २०७० सालको संविधानसभाको निर्वाचनमा पराजित भएका थिए।