काठमाडौं, २१ माघ । ललितपुरको बालकुमारीस्थित खन्ना गार्मेन्टमा एमाले र माओवादी केन्द्रका जनप्रतिनिधिलाई संयुक्त रुपमा प्रशिक्षण दिईएको छ । यहि माघ २४ गते हुने राष्ट्रिय सभाको निर्वाचनलाई लक्षित गर्दै दुवै दलका प्रदेश नम्बर ३ स्तरीय प्रशिक्षण कार्यक्रम भएको हो ।
राष्ट्रिय सभा निर्वाचनमा एमाले र माओवादी केन्द्रले तालमेल गरेर उम्मेदवार उठाएका छन् । प्रदेश नम्बर ३ बाट एमालेका बलराम बासकोटा र माओवादी केन्द्रका रामबहादुर थापा बादल गरी वाम गठबन्धनका दुईजना सांसद उम्मेदवार छन् ।आफ्नो पार्टीले उठाएका उम्मेदवारलाई कसरी सही ढंगले मतदान गर्ने भनेर प्रशिक्षण भेला आयोजना गरिएको बताइएको छ ।

