नारायणगढ–मुग्लिन सडक सम्पन्न गर्न ठेकेदार कम्पनीबाट थप तीन वर्षकाे समय माग

arjun Business/अर्थ ब्यापार , ८ वर्ष अगाडि

 

चितवन, ४ फागुन ।दुई वर्षमा सक्नुपर्ने आयोजना तीन वर्ष बित्नै लाग्दा पनि ठेकेदार कम्पनीले थप तीन वर्ष मिति मागेको छ, भन्ने सुन्दा धेरैलाई अचम्म लाग्नसक्छ । देशकै लाइफलाईन मानिने नारायणगढ–मुग्लिन सडक खण्डको विस्तारको कामलाई ठेकेदार कम्पनीले एक हजार ४९ दिन थप गर्न माग गरेको छ । निर्माण सम्पन्न गर्नुपर्ने मितिमा काम नसकिएपछि तीन पटक गरेर १० महिना यसअघि नै म्याद थप गरिएको थियो ।

तीन खण्डमा विभाजन गरी ठेक्का दिइएको उक्त सडक खण्डको तेस्रो पटक थपिएको मिति पहिलो खण्डको बुधबार सकिएको छ, भने अन्य दुई खण्डको यही फागुन ८ गते सकिँदैछ । हालसम्म ७४ प्रतिशत काम मात्रै सकिएको छ ।

नारायणगढ–मुग्लिन सडक आयोजनाको परामर्शदाता कम्पनीका सहायक आवासीय इञ्जिनियर ज्ञानेन्द्र घिमिरेकाअनुसार तेस्रो खण्ड सिमलतालदेखि मुग्लिनसम्मको निर्माणको जिम्मा लिएको सुप्रिम–रौताहा जेभीले १२ दशमलव १ किलोमिटर सडक विस्तार गर्न थप समय माग गरेको हो ।