बालुवाटारबाट पार्टी एकताको औपचारिक घोषणा हुदै, ओली र दाहालले ५ बर्ष आलोपालो नेतृत्व गर्ने

arjun Others/अन्य , ८ वर्ष अगाडि

काठमाण्डौ,७ फागुन नेकपा एमाले र माओवादी केन्द्रबीचको पार्टी एकताको सहमतिलाई अनुमोदन गर्न एकता संयोजन समितिको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको छ ।सो बैठकले सहमतिको खाकालाई अनुमोद गरेपछि दुई पार्टीबीच आजै सहमतिमा हस्ताक्षर हुने बताइएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच आज भएको वान टु वान वार्तामा पार्टी एकता र आलोपालो प्रधानमन्त्री चलाउने बिषयलाई टुंगो लगाएको हो । । एमाले र माओवादी केन्द्रले एकीकृत पार्टीको नामबाट फुर्काे हटाएर ‘नेपाल कम्युनिष्ट पार्टी’ मात्रै राख्ने सहमति पनि भएको छ् ।
यस्तै, आलोपालो बैठकको अध्यक्षता गर्ने सहमति भएको बताइएको छ । एउटा बैठकमा एकजना अध्यक्ष सिनियर हुने र अर्को बैठकमा अर्को अध्यक्ष सिनियर हुने गरी दुबै अध्यक्ष रहने प्रारम्भिक सहमति भएको छ ।
पार्टी एकताको गाँठोका रुपमा रहेका वैचारिक राजनीतिक प्रश्नहरु आगामी महाधिवेशनसम्म बहसका रुपमा लैजान दुबै नेताहरुवीच सहमति भएको पनि स्रोतेल बताएको छ।‘जबज र माओवादलाई आगामी महाधिवशेनसम्म छलफलमा लगेर टुंग्याइने छ,’ एमालेका एक नेताले बताएका छन ।
दुई नेतावीच पार्टी एकताको मोडालिटीमा सहमति भएसकेकाले अहिले बालुवाटारमा जारी एकता संयोजन समितिको बैठकले यसलाई अनुमोदन गर्ने नेताहरुले बताएका छन् । संयोजन समितिले अनुमोदन गरेपछि पार्टी एकताको औपचारिक घोषणा हुने बताइएको छ ।