पूर्वमन्त्री खरेल महान्यायाधिवक्तामा नियुक्त

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ,८ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले महान्यायाधिवक्ता पूर्वकानुनमन्त्री एवं वरिष्ठ अधिवक्ता अग्निप्रसाद खरेललाई नियुक्त गर्नुै भएको छ । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले संविधानको धारा १५७ को उपधारा २ बमोजिम खरेललाई महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

खरेल ओली नेतृत्वको यसअघिको सरकारमा कानुनमन्त्री बन्नु भएको थियो । खरेललाई दोस्रो संविधान सभामा मन्त्रिपरिषद्ले मनोनयन गरी सभासद बनाएको थियो ।संविधान सभामा तत्कालिन संबैधानिक समिति, संविधान मस्यौदा समिति, विवाद समाधान समिति लगायतमा बसेर काम गर्नु भएको थियो ।