डब्लूएचओकाे भूमिकाप्रति अमेरिका रुष्ट: सहयोग रोक्ने राष्ट्रपति ट्रम्पको घोषण

Bhim Thapa Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ४ वर्ष अगाडि

अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)लाई दिँदै आएको आर्थिक सहयोग रोक्ने निर्णय गरेको छ ।

कोरोनाको प्रकोप नियन्त्रणका लागि डब्लूएचओले खेलेको भूमिका तटस्थ नभएको भन्दै अमेरिकाले सहयोग रोक्ने निर्णय गरेको हो। डब्लूएचओले राजनीति गरेको भन्दै अमेरिकाले पटकपटक त्यसो नगर्न चेतावनी समेत दिँदै आंएको थियो ।तर, डब्लूएचओ भने अमेरिकाको उक्त आरोपलाई अस्वीकार गर्दे आएको छ ।

चीनबाट उत्पत्ति भएको कोरोना भाइरसको विषयलाई डब्लूएचओले सही ढंगले व्यवस्थापन गर्न नसकेको र घटनालाई ढाकछोप गरेको अमेरिकी राष्ट्रपति ट्रम्पको आरोप छ।डब्लूएचओलाई आर्थिक सहायता उपलब्ध गराउँनेमा अमेरिका सबैभन्दा अगाडि रहेको छ।

गत वर्ष उसले ४० करोड डलर सहयोग दिएको थियो। अमेरिकाले लगाएको उक्त आरोप र सहयोग रोक्ने पछिल्लो निर्णयप्रति डब्लूएचओले कुनै प्रतिक्रिया जनाएको छैन ।

बुधबार बिहानसम्म अमेरिकामा कोभिड–१९ का कारण २५ हजार ७ सय ५७ जनाले ज्यान गुमाइसकेका छन् भने ६ लाख ५ हजार १ सय ९३ जना संक्रमित पुष्टि भइसकेका छन्।अमेरिका कोभिड–१९ प्रकोपका कारण सबैभन्दा प्रभावित राष्ट्र भएको छ।