शहीद स्मारक ‘बी’ डिभिजन लिग : श्री कुमारी विजयी

Bhim Thapa Sports/खेलकुद , ३ वर्ष अगाडि

काठमाडाैं । शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएको खेलमा श्री कुमारी क्लब पराजित भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा श्री कुमारी क्लबले टुसाल क्लबलाई ४–० गोलअन्तरले पराजित भएको हो । श्री कुमारीका लागि आशिष राईले दुई तथा सन्तोषकुमार सिंह र विवेक पुनले एक एक गोल गर्नुभयो ।

खेलको ११औँ मिनेटमा सन्तोष कुमार सिंहले पहिलो गोल गर्नुभयो । यस्तै खेलको २४औँ मिनेटमा विवेक पुनले दोस्रो गोल गर्नुभयो । पहिलो हाफको इन्जुरी समयमा श्री कुमारीका लागि आशिष राईले तेस्रो गोल गर्नुभयो ।

खेलको ६७औँ मिनेटमा आशिष राईले गोल गर्दै आफ्नो टोलीलाई चार शून्य गोलअन्तरले जित दिलाउनुभयो । जितसँगै श्री कुमारीले ११ खेलबाट १४ अङ्क जोडेको छ । श्री कुमारी लिगको छैटौँ स्थानमा उक्लेको छ । यस्तै टुसाल नौ अङ्कका साथ लिगको १०औँ स्थानमा छ ।