धनुषामा जनमत पार्टीको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा पाँच जना घाइते

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , ४ वर्ष अगाडि

धनुषामा सडक अबरूद्ध गरी प्रदर्शनमा उत्रिएका जनमत पार्टीका कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ ।

गणेशमान चारनाथ नगरपालिकामा आइतबार बिहानैदेखि सडक जाम गरी बसेका जनमत कार्यकर्तामाथि प्रहरीले गोली प्रहार गरेको हो ।रबरको गोली लागेर जनमत पार्टीका ५ जना कार्यकर्ता घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधामा ल्याइएको जनमत पार्टीले जनाएको छ ।

धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार ११ राउण्ड रबरको गोली र १६ राउण्ड अश्रु ग्यास प्रहार गरिएको हो ।यस्तै झडपका क्रममा नेपाल प्रहरीका एक जना र सशस्त्र प्रहरीका एक गरी दुई जनासमेत घाइते भएको प्रवक्ता एवं डीएसपी बस्नेतले बताए ।

किसानलाई समयमै मल खाद्य उपलब्ध गराउनुपर्नेसहितका माग राख्दै जनमत पार्टीले गत पुस १५ गतेदेखि मधेशका जिल्लामा पूर्व पश्चिम राजमार्गमा चक्काजाम गर्दै आएका छन् ।