राष्ट्रियसभामा गठबन्धनका उम्मेदवारहरूलाई विजयी गराउन उच्चस्तरीय राजनीतिक संयन्त्रले पहल गर्ने

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ४ वर्ष अगाडि

काठमाडाैं । उच्चस्तरीय राजनीतिक संयन्त्रले राष्ट्रिय सभा सदस्यकाे चुनावमा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउन अपिल गरेकाे छ ।बिहीबार बिहान बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले गठबन्धनका उम्मेदवारलाई जिताउन मतदातालाई अपिल गरेको हाे ।  

राष्ट्रिय सभाको चुनावका लागि सत्ता गठबन्धनले सात वटै प्रदेशमा समन्वय समिति गठन गर्ने निर्णय गरेकाे बैठकमा सहभागी सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।उच्चस्तरीय राजनीतिक समन्वय समितिको संयोजकमा हाल कांग्रेस नेता रामचन्द्र पौडेल छन् ।

राष्ट्रिय सभा सदस्य चुनाव अन्तर्गत आज र भोलि मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने कार्यतालिका छ ।आगामी माघ १२ गते हुने चुनावका लागि ४३ जनाको उम्मेदवारी परेको छ ।  

यस्तै, बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणका लागि सफलताको शुभकामना दिएको छ । देउवा आगामी आइतबार चार दिने भारत भ्रमणका लागि २५ सदस्यीय टोलीसहित जाँदैछन् ।