ललिता निवास जग्गा प्रकरणका मुख्य बिचाैलिया भनिएका सुवेदी दम्पती थुना मुक्त

NewsBankNepal Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ३ वर्ष अगाडि

काठमाडाैं । ललिता निवास प्रकरणमा पक्राउ परेका रामकुमार सुवेदी र उनकी पत्नी माधवी छुटेका छन् ।अनुसन्धानको क्रममा आवश्यक परेको बेला उपस्थित हुने सर्तमा केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले उनीहरुलाई छाडिएको हो ।

 सरकारी कागजात कीर्ते गरेको आरोप लागेका सुवेदी दम्पती यही पुस ७ गते पक्राउ परेका थिए ।मालपोत कार्यालयमा लेखन्दासको काम गर्ने सुवेदीले ललिता निवासको जग्गा व्यक्तिको नाममा दर्ता गराउन भूमिका खेलेको आरोप छ ।

सीआईबीले केही दिनअघि ललिता निवास जग्गा प्रकरणमा रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । साे प्रतिवेदनमा अझै अनुसन्धान नपुगेको भन्दै सरकारी वकिल कार्यालयले फर्काइदिएपछि सीआईबी थप तथ्यसहितकाे अनुसन्धानमा जुटेकाे छ ।सीआईबीले ३ सय जनाभन्दा बढी व्यक्तिमाथि मुद्दा दायर गर्न सक्ने जनाउँदै प्रतिवेदन बुझाएकाे थियाे ।