प्रधान सम्पादक भण्डारीको उपन्यास ‘बोरा’ को कतारमा विमोचन तथा विमर्श

Dipak Pudasaini Banner Headline with Image , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , प्रवास , साहित्य/ पुस्तक , २ महिना अगाडि

दोहा, ५ फागुन । अन्नपुर्ण पोष्ट दैनिकका प्रधान संम्पादक तथा लेखक अखण्ड भण्डारीको उपन्यास ‘बोरा’को कतारमा विमोचन तथा विमर्श कार्यक्रम सम्पन्न भएको छ ।
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको साहित्य तथा प्रकाशन विभागको आयोजनामा हिजो भएको कार्यक्रममा भण्डारीको उपन्यास ‘बोरा’को बिमोचन गरिएको हो।


विमोचन कार्यक्रमलाई संम्बोधन गर्दै लेखक भण्डारीले नेपाली समाजमा पछिल्लो समय वैदेशिक रोजगारीले अभिवाक र सन्तान टाढा भएको तथा सन्तानहरु बुबा आमाको हेरचाह गर्नुपर्ने दायित्वबाट पन्छिएको विकराल समस्याको चित्रण गरेको बताउनुभयो । भण्डारीले वास्तविक घटेको घटनालाई पात्र र परिवेश बदलेर उपन्यासको ढाचा दिइएको बताउनुभयो । उहाँले आफ्नै छोरा बुहारीले बृद्ध आमालाई बोरामा राखेर खोला किनारमा छोडेको वास्तविक घटना बाट उपन्यास प्रेरित रहेको साथै आफुले देशको विभिन्न ठाउँ परिवेशका घटना समेटेर उपन्यासको रुप दिएको भन्दै उपन्यास पढेर सल्लाह सुझाव दिन आग्रह गर्नुभयो ।

पुस्तकको चर्चा गर्दे लेखक तथा बिश्लेशक सुरेश भट्ट आश्रीनले नेपाली समाजमा पछिल्लो समय देखिएको पारिवारिक बिचलन संगै एउटी महिलाले आफनै श्रीमान बाट श्रीमतीको रुपमा तथा छोरा र बुहारी बाट आमाको भुमिकामा भोग्नुपरेको दुःखलाई जस्ताको त्यस्तै उतारिएको बताउनुभयो । भट्टले उपन्यास काल्पनिक भन्दा पनि समाजको यतार्थ ब्यथालाई निकै मेहनत गरेर शब्दमा बुनिएकोले उपन्यास थप सशक्त र पठनिए बन्न सकेको बताउनुभयो । उहाँले बिशेष त प्रवासी आफ्नो घरपरिवार बाट टाढा भएकोले पारिवारिक बेमेलको घटना बढ्दै गएको भन्दै सबैले एकपटक पुस्तक पढनुपर्ने बताउनुभयो ।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको अध्यक्षता भएको कार्यक्रममा एन आर एन अभियान्ता, कतारमा स्थापित संघ संस्थाका प्रमुख एवं प्रतिनिधि, साहित्यकार एवं पत्रकारको उपस्थिति थियो । कार्यक्रममा सहभागीको तर्फबाट नेपाल पत्रकार महासंघ शाखा कतारका अध्यक्ष दिलकुमार श्रेष्ठले शुभकामना मन्तव्य राख्नुभएको थियो ।