दोलखामा ४ रिक्टर स्केलको परकम्प

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौँ, ९ जेठ । दोलखाको खोलाखर्क केन्द्रविन्दु भई गोरखा भूकम्पको परकम्प गएको छ । आज बिहान १० बजेर २९ मिनेट जाँदा ४ रिक्टर स्केलको परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । दोलखा र रामेछापको आसपास केन्द्रविन्दु रहेकाले रामेछापमा ठूलोे धक्का महसुस भएको जनाइएको छ । २०७२ वैशाख १२ को खोरखा भूकम्पपछि हालसम्म चार रिक्टर स्केल भन्दा माथिका ४८४ परकम्प गएको विभागका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । रासस