ग्वालीचौरको वादिपमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु ,६ जना घाइते

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

खर्वाङ,९ साउन । बडिगाड गाउँपालिका वडा नं. ५ ग्वालीचौरको बादिपमा जिप दुर्घटना हुँदा ४ जनाको मृत्यू भएको छ भने ६ जना घाइते भएका छन्। घाइतेहरुको अवस्था गम्भिर रहेकाले उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौ लैजाने तयारी गरिएको छ ।

मृत्यूहुने हरुमा वडिगाड गाउँपालिका वडा नं. ४ जलजलाका हुमेन काउचा, वडा नं. ८ सिमाकका मुक्त पाइजा, नर वहादुर शेर्वुजा, र गाडिचालक वडिगाड ४ जलजलाका तुल वहादुर पुन रहेका छन। सामान्य घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र ग्वालीचौरमा उपचार भैरहेको छ। घाइतेको कसैको टाउको फुटेको, कसैको मेरुदण्ड भाँचिएको तथा केहिको हात खुट्टा भाँचिएको छ। जलजलावाट खर्वाङ तर्फ आउँदै गरेको सो जिप ब्रेक फेल भई सडकवाट झण्डै ७ सय मिटर तल खसेको छ। गाडिका मालिक मन वहादुर पुनले ढुँगा ओट राखि रोक्न खोज्दै गर्दा ओट नाघेर खसेको प्रत्यक्षदर्शिले वताएका छन्।