राष्ट्रपतिद्वारा प्राकृतिक प्रकोपबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ७ वर्ष अगाडि

काठमाडौँ, २९ साउन । राष्ट्रपति विद्यादेवी भण्डारीले विगत केही दिनदेखि परेको अविरल वर्षाले देशका विभिन्न भागमा आएको बाढी र पहिरोमा परी जनधनको ठूलो क्षति भएकामा दुःख व्यक्त गरेकी छिन ।प्रतिकूल मौसमका कारण हवाई उडानमा कठिनाइ परेको र सडक सञ्जालमा समेत कटान र डुबानले क्षति पु¥याइ कतिपय ठाउँमा राहत तथा उद्धारका काम अघि बढाउन व्यवधान खडा हुनु दुःखको विषय भएको बताउँदै राष्ट्रपतिको गम्भीर ध्यानाकर्षण भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सरकारले उद्धार, राहत र पुनस्र्थापना गर्न योजना सहित अघि बढिरहेको सन्दर्भमा यस कार्यको उचित अनुगमन हुनुपर्नेतर्फ पनि ध्यानाकर्षण गराउँदै राष्ट्रपतिले दुःखको यस घडीमा धैर्य र साहस सँगाल्दै गैरसरकारी संघसंस्था, समुदाय, निजीक्षेत्र र सर्वसाधारणलाई पीडितको उद्धार, राहत र सुरक्षित वासस्थानको उचित प्रवन्ध मिलाउन आव्हान गरेकी छिन ।साथै राष्ट्रपतिले बाढी, पहिरोलगायत प्राकृतिक प्रकोपमा परी अकालमा ज्यान गुमाएका मृतकका शोकसन्तप्त परिवारजनप्रति भावपूर्ण समवेदना व्यक्त गरेकी छिन।