पत्रकार महासंघकाे अध्यक्षमा चौतारीबाट कोइरालाको उम्मेदवारी

arjun News/समाचार , ७ वर्ष अगाडि

काठमाडौँ, ३० साउन । प्रेस चौतारी नेपालले नेपाल पत्रकार महासंघको आसन्न २५ औँ महाधिवेशनमा आफ्नातर्फबाट पत्रकार तीर्थ कोइरालाई अध्यक्षको उम्मेदवारी घोषणा गरेको छ ।

यहाँ आज आयोजित कार्यक्रममा चौतारीका अध्यक्ष गणेश बस्नेतले महासंघलाई थप व्यावसायिक र साझा बनाउन कोइरालालाई आफ्नातर्फबाट अघि सारिएको घोषणा गरे । उनले केन्द्रीय पार्षद् सबैभन्दा बढी आफ्नो संगठनको भएकाले अन्य संगठनलाई पनि समेटेर जान प्रस्ताव गर्दा सहमति नभएकाले कोइरालालाई उम्मेदवारी दिन लगाउने निर्णय गरिएको बताए ।
महासङ्घको महाधिवेशन आउँदो भदौ ४ र ५ गते काठमाडौँमा हुँदैछ । अध्यक्षका प्रस्तावित उम्मेदवार कोइरालाले महासंघको विश्वसनीयता कायम राख्न दलगत आधारमा नभई पत्रकारकै संस्थाका रुपमा विकसित गर्न आफूले उम्मेदवारी दिने बताए ।