यौन शोषण तथा दुव्र्यवहार रोक्ने शर्तमा नेपाल सहमत

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौँ, ३ असोज (रासस)। नेपालले संयुक्त राष्ट्र संघको ७२ औँ महासभामा प्रस्तुत गरिएको यौन शोषण तथा दुव्र्यवहार रोक्ने शर्तमा सहमति जनाएको छ । महासभाको उच्चस्तरीय बैठकमा महासचिव एन्टोनियो गुटरेजले गर्नुभएको उक्त शर्तसम्बन्धी प्रस्तावमा उपप्रधान तथा पराराष्ट्रमन्त्री कृष्णबहादुर महराले समर्थन जनाएका हुन ।

राष्ट्र संघअन्तर्गत विश्वका विभिन्न मुलुकमा शान्ति स्थापनार्थ प्रहरी पठाउने मुलुकले उक्त शर्तमा स्वयंसेवी भएर सहयोग गर्नेछ । उक्त शर्तले संयुक्त राष्ट्रसंघको मान्यतामा रहेका सदस्य मुलुकले यौन शोषण तथा दुव्र्यवहार रोक्न सहयोग गर्नुपर्ने विषयलाई जोड दिएको छ ।

महासभाकै अवसरमा नेपालले उच्चस्तरीय कार्यक्रममा समेत सहभागिता जनाएको छ । सो अवसरमा उपप्रधान तथा पराराष्ट्रमन्त्री महराले राष्ट्र संघको सुरक्षा परिषद्ले आयोजना गरेको शान्ति स्थापनार्थ सञ्चालन गरिएका कार्यक्रमको सुधारसम्बन्धी उच्चस्तरीय बहस तथा पानीका लागि दिगो विकासलगायतका उच्चस्तरीय बैठकमा भाग लिएकाे उपप्रधानमन्त्रीका प्रेस तथा जनसम्पर्क संयोजक हरि लामिछानेले जानकारी दिए।