यूएईको चारदिने भ्रमण पूरा गरि राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,३० कात्तिक । राष्ट्रपति विद्या भण्डारीले यूनाईटेड्स अरव इमिरेटस् यूएईको प्रविधिमैत्री विकासबाट नेपालले लाभ लिन सक्ने बताएकी छिन । यूएईको चार दिने औपचारिक भ्रमण पूरा गरी आज अपरान्ह स्वदेश फर्केकी राष्ट्रपति भण्डारीले प्रविधिको विकासमार्फत यूएईले गरेको विकासबाट नेपालले लाभ लिन सक्ने विश्वास व्यक्त गरिन। आपूर्ति मन्त्री जयन्त चन्दले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ राष्ट्रपति भण्डारीले यूएईको प्रविधिमैत्री विकासबाट नेपाल लाभान्वित हुने विश्वास व्यक्त गरेको जानकारी गराएकी हुने । राष्ट्रपति भण्डारीले यूएईको युवराज शेख महम्मद विन जाहेद अल नेह्यानसँग द्धिपक्षीय हितका विविध विषयमा पनि छलफल गरेकी थिइन ।

राष्ट्रपति भण्डारीले यूएई युवराज नेह्यानलाई नेपाल भ्रमणको औपचारिक नियन्त्रणा गरेकी छिन । नेपाल र यूएईबीच कूटनीतिक सम्बन्ध विस्तार भएको ४० वर्ष पूरा भएको छ । सोही अवसर पारेर राष्ट्रपति भण्डारी यूएई गएकी थिइन । राष्ट्रपति भण्डारीलाई त्रिभवन अन्तराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, उपप्रधानमन्त्री विजयकुमार गच्छदारलगायतका सरकारका उच्च पदस्थ कर्मचारीहरुले स्वागत गरेका थिए ।