बाम एकता संयोजन समितिको बैठक बस्दै ,पार्टी एकता बारे ठोस छलफल हुने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ,१८ माघ । पार्टी एकता प्रक्रियाबारे छलफल गर्न बाम एकता संयोजन समितिको बैठक आज बस्दैछ । सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यलयमा अपरान्ह ३ बजे बस्ने बैठकमा पार्टी एकता बारे ठोस छलफल हुने एकता संयोजन समितिका सदस्य एवं माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा साझा उम्मेदवारीसँगै प्रादेशिक सरकारमा ७०र३० को भागबण्डा गरेका एमाले र माओवादी केन्द्रले आजबाट एकीकरण प्रक्रियाबारे छलफल गर्न लागेका हुन् । बाम एकताबारे लामो समयदेखि छलफल भएपनि नेताहरुको पदिय जिम्मेवारीको बाँडफाँड तथा पार्टीको आगामी सिद्धान्तबारे छलफल हुन सकेको छैन । माओवादी केन्द्रका नेता एवं कार्यदल सदस्य श्रेष्ठले पार्टी एकता अब कुनैपनि बहानामा नरोकिने बताउनुभयो ।