धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले चढेको गाडी दुर्घटनामा परेको छ । मन्त्री आले चढेको गाडीलाई अर्को गाडीले ठक्कर दिएको हो ।
आले सवार सुदूरपश्चिम प्रदेश ०१-००१ झ ३३३ नम्बरको गाडीलाई बा ४ च १३७७ नम्बरको गाडीले ठक्कर दिएको थियाे ।महेन्द्रनगरमा हुन लागेको कार्यक्रममा सहभागी हुनका लागि मन्त्री आले गाडीबाट धनगढी विमानस्थल जाँदै थिए ।
दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएकाे छ । ठक्कर दिने गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

