काेराेना नियन्त्रण गर्न सम्पूर्ण संयन्त्र परिचालन: सञ्चारमन्त्री कार्की

Bhim Thapa Banner Headline with Image , Latest Update , News/समाचार , Politics/राजनीति , ४ वर्ष अगाडि

काठमाडाैं ।सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकको जीवनरक्षाका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

पछिल्ला केही दिनयता कोरोना भाइरस सङ्क्रमणदर निकै बढेकामा चिन्ता व्यक्त गर्दै उनले सङ्क्रमण नियन्त्रण गर्न सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको बताएका हुन् ।

आज सामाजिक सञ्जालमार्फत सरकारका प्रवक्ता कार्कीले भनेका छन्, “पछिल्ला केही दिनयता कोरोना भाइरस सङ्क्रमणको दर निकै बढेको छ । कोरोना सङ्क्रमण नियन्त्रणका लागि सरकारले सम्पूर्ण संयन्त्र परिचालन गरिसकेको छ ।

नागरिकको जीवनरक्षाका लागि सरकार प्रतिबद्ध छ । खोप अभियान तीव्रगतिमा अगाडि बढेको छ । म आमनागरिकलाई पनि स्वास्थ्य मापदण्ड अपनाउन हार्दिक आग्रह गर्दछु ।”