यस पटकको निर्वाचनमा राप्रपा जनताको घर दैलोमा पुग्ने

arjun Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाडौँ, २ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीले दोस्रो चरणको स्थानीय तह निर्वाचनमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा सांसदलाई निर्वाचन क्षेत्रमा परिचालित हुन निर्देशन दिएको छ । पहिलो चरणको निर्वाचनमा पार्टीले अपेक्षाकृत सफलता प्राप्त गर्न नसकेपछि यस पटकको निर्वाचनमा जनताको घर दैलोमा पुगेर राजनीतिक गतिविधि सञ्चालन गर्न लागेको नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

पार्टीले निर्वाचनमा खटाएका नेताहरुले पार्टीको नीति, विचार, सिद्धान्तलाई जनताका माझ पु¥याएर पार्टीका तर्फबाट उम्मेदवार बनेका नेता तथा कार्यकर्ताको पक्षमा मतदानका लागि आग्रह गर्ने छन् ।यही असार १४ गते हुने सो निर्वाचनका लागि असार ११ गतेसम्म स्थानीय तहमा आवश्यकताअनुसार हुने सभा सम्मेलनमा शीर्ष नेतृत्वको सहभागिता भई चुनाव प्रचारप्रसारका गतिविधि गरिने छन् ।सो पार्टीले प्रदेश नं २ को स्थानीय तहको चुनाव आगामी असोज २ मा सारिएकोमा असन्तुष्टि जनाएको छ ।