राजपाले आह्वान गरेको बन्दको अवज्ञा गर्दै विरगंज बजार खुल्यो

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

विरगंज,२ असार । विरगंजमा राष्ट्रिय जनता पार्टी, नेपालले आह्वान गरेको बन्दको अवज्ञा गर्दै बजार खुलेका छन । मंगलबारदेखि बन्द रहेको बजार शुक्रबारबाट खुल्न सुरु गरेका हुन । सवारी साधन पनि संचालनमा आएपछि वीरगंज बजारमा चहलपहल बढेको छ । स्थानीय व्यापारीहरुले राष्ट्रिय जनता पार्टीले बन्द आह्वान गरेर आफूहरुलाई दुःख मात्रै दिएको गुनासो पनि गरेका छन ।उनीहरुले आन्दोलनको नाममा जनतालाई दुःख दिने काम कसैले पनि गर्न नहुने धारणा पनि राखेका छन । आन्दोलनकै क्रममा प्रर्दशनकारीले दिउँसो २ बजे वीरगन्जमा लाठी जुलुस प्रदर्शन भने प्रर्दशन गरेका छन ।