बीपी राजमार्गमा राति गाडी चलाउन रोक

arjun @ News Paper/पत्रपत्रिका बाट , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

सिन्धुली ३ असार । यातायात व्यवस्था विभागले बनेपा सिन्धुली बर्दिवास (बीपी राजमार्ग)मा राति सवारीसान सञ्चालनमा रोक लगाएको  छ ।बीपी राजमार्गमा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई रातको समयमा सञ्चालन गर्न इजाजत नदिइएको उल्लेख गर्दै रातको समयमा कुनै पनि सार्वजनिक सवारीसाधन सञ्चालन नगर्न भनिएको छ ।१८ भन्दा बढी सिट भएका सार्वजनिक सवारी साधनलाई पनि उक्त राजमार्गमा दिउँसोको समयमा पनि सञ्चालन हुन नदिने भनिएको छ ।साभार अन्नपूर्ण पोष्ट