प्रदेश नं २ को चुनाव सार्नु सरकारको गल्ति :नेता पौडेल

arjun Politics/राजनीति , ८ वर्ष अगाडि

तनहुँ, ३ असार । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश नं २ को स्थानीय तहको निर्वाचन सार्नु अनुपयुक्त भएको बताएका छन । आज दमौलीमा आयोजित कार्यक्रममा निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान गर्दै नेता पौडेलले प्रदेश नं २ को निर्वाचन असोज २ गते सार्नु गलत भएको बताए ।

तराईका जनतालाई स्थानीय तहको निर्वाचनका बारेमा बुझाउन जरुरी भएको बताउँदै नेता पौडेलले पहिलो चरणको निर्वाचनबाट चुनिएका जनप्रतिनिधिले गुरुयोजना बनाई काम गर्नुपर्ने सुझाव पनि दिए ।पहिलो चरणको निर्वाचनमा काँग्रेस दोस्रो स्थानमा रहन पुगेकाले अब हुने दोस्रो चरणको निर्वाचनमा पहिलो पार्टी बनाउनु पर्ने भन्दै नेता पौडेलले यसका लागि तल्लो तहबाटै काँग्रेसलाई दबाब दिर्ने बताए ।