भेट्न पुगेका चिनियाँ राजदूतलाई प्रचण्डले आफनै कार्यकालको प्रगति विवरण सुनाए

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ७ वर्ष अगाडि

काठमाडौँ, ४ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि चिनियाँ राजदूत यु होङबीच समसामयिक परिस्थिति र नेपाल चीन सम्बन्धका विविध आयामबारे छलफल भएको छ ।

आफ्नो निवास लाजिम्पाटमा आज भएकोे भेटमा अध्यक्ष दाहालले आफू प्रधानमन्त्रीमा निर्वाचित भएदेखि नै दुई छिमेकीबीचको सम्बन्धलाई हार्दिक र सन्तुलित बनाउन लागिपरेको र राजीनामा दिने बेलासम्म आफ्नो योजना सफल भएको बताए ।प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै चीन र भारतमा विशेष दूत पठाएर सम्बन्धमा थप सुदृढीकरण गरिएको बताउँदै अध्यक्ष दाहालले आफ्नो दशमहिने प्रधानमन्त्रित्वकाल नेपाली राजनीतिमा स्मरणयोग्य रहने विश्वास व्यक्त गरे । भेटमा चिनियाँ राजदूतले अध्यक्ष दाहालको प्रधानमन्त्रित्वकालमा नेपाल र चीन बीचको सम्बन्ध थप बलियो बनेकामा खुसी व्यक्त गर्नुभयो । उनले प्रचण्डको प्रधानमन्त्रित्वकाल अत्यन्तै सफल र वैदेशिक मामिलामा सन्तुलित भएको बताउँदै तथा वैदेशिक सम्बन्ध र आर्थिक विकासका क्षेत्रमा नेपालले हासिल गरेको सफलताप्रति खुसी व्यक्त गरे।