दोस्रो चरणको निर्वाचनमा पनि एमालेले बहुमत ल्याउने ओलीको दावी

arjun Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,४ असार । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह दोस्रो चरणको निर्वाचनमा पनि आफ्नो पार्टीले बहुमत ल्याउने दावी गरेका छन ।अध्यक्ष ओलीले प्रदेश नम्बर २ मा पनि आफनो पार्टी कमजोर नभएको दावी गरे ।
राष्ट्रिय जनता पार्टीकी कोषाध्यक्ष अनिता यादवलगायतका नेता, कार्यकर्तालाई आइतबार काठमाडौंमा पार्टी प्रवेश गराउँदै ओलीले एमाले कमजोर छ भन्ने हल्ला असोज २ गतेको चुनावी हुरीले बढाएर लैजाने उल्लेख गरे । अध्यक्ष ओलीले ७० सालको चुनावको परिणामको आधारमा मात्रै एमाले प्रमुख प्रतिपक्ष रहेको पनि स्पष्ट पारे। उनले स्थानीय तहको पहिलो चरणको निर्वाचनमै एमाले सत्तासिन भईसकेको पनि स्मरण गराए ।

अध्यक्ष ओलीले आफनो पार्टी नेतृत्वको सरकारले समृद्धिका लागि आवश्यक नीति तथा कार्यक्रम तय गरेकाले जुनसुकै पार्टीको सरकार आएपनि त्यसैलाई अघि बढाएर लैजान बाध्य हुने दावी पनि गरे ।