विदेशी इसारामा मधेस आन्दोलन :नेता बिजुक्छे

arjun Politics/राजनीति , ८ वर्ष अगाडि

भक्तपुर, ४ असार । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले विदेशी इसारामा मधेसका नाममा केही नेताले मधेसमा चुनाव हुन नदिने षडयन्त्र गरिरहेको आरोप  लगाएका छन।

कानुन अध्ययन समाज नेपालद्वारा भक्तपुरको तौमढीमा आज आयोजना गरेको कार्यक्रममा बिजुक्छेले विदेशीको स्वार्थ पूरा गर्न तराईका केही मधेसी नेताले आन्दोलनको राजनीति गरेको बताए। विदेशीले मधेसी नेताको काँधमा बन्दुक राखेर उचालिरहेको टिप्पणी गर्दै बिजुक्छेले देशलाई बिखण्डनबाट जोगाउन देशभक्त जनता तयार हुनुपर्ने आजको आवश्यकता रहेको औँल्याए । उनले भारतकै इसारामा तराईमा आन्दोलन भइरहेको आरोप लगाउँदै यसले नेपालका उद्योग धरासायी बन्दै गएकोमा चिन्ता व्यक्त गरे ।