मनोनयनपत्र दर्ता शान्तिपूर्णः निर्वाचन आयोग

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , स्थानीय निर्वाचन , ८ वर्ष अगाडि

काठमाडौँ, ४ असार । दोस्रो चरणअन्तर्गत यही असार १४ गते बुधबार हुने स्थानीय तहको निर्वाचनका लागि आज भएको उम्मेदवारी दर्ता धेरै राजनीतिक दल र उम्मेदवारको सहभागितामा उत्साहजनक र शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।

प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ तहमा आज बिहान ८ देखि अपराह्न ४ बजेसम्म राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारले मर्यादित तथा व्यवस्थित ढङ्गबाट मनोनयनपत्र दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए। मनोनयनपत्र दर्तामा देखिएको व्यापक सहभागिताबाट दोस्रो चरणको निर्वाचनमा पनि राजनीतिक दल र उम्मेदवार निर्वाचनप्रति उत्साहित भएको पुनः पुष्टि भएको छ । दोस्रो चरणको निर्वाचनमा एक महानगर, सात उपमहानगर, १११ नगरपालिका र २१५ गाउँपालिमा जनप्रतिनिधि चयनका लागि मनोनयनपत्र दर्ता भएको हो । दोस्रो चरणको निर्वाचनबाट ३३४ स्थानीय तहका ६४ लाख ३२ हजार ७६५ मतदाताले १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित गर्नेछन् ।