काठमाण्डौ,४ असार । ३ वर्ष अघि गठन भएको कर फस्र्याैट आयोगका दुई पदाधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ पूर्जी जारी गरेको छ । केही दिनअघि आयोगका तत्कालिन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकाललाई पक्राउ गर्न अख्तियारले प्रहरी प्रधान कार्यालयमा पत्र पठाइसकेको हो ।
२१ अर्ब रुपैयाँ अनियमित ढंगले कर मिनाहा गरिदिएको घटनाको अनुसन्धान गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणी शर्मालाई पक्राउ गरेर बयान लिइरहेको छ । बयानकै क्रममा महत र ढकाललाई अख्तियारले झिकाएको थियो ।