संवैधानिक परिषदले असार १५ गते प्रधानन्यायाधिशको नियुक्ति गर्ने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

काठमाण्डौ,५ असार । प्रधानन्यायाधिश नियुक्तिका लागि सिफारिस गर्न बसेको संवैधानिक परिषदको बैठक बिनानिष्कर्ष टुंगिएको छ । आज बसेको संवैधानिक परिषदको बैठकमा कायममुकायम प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीलाई प्रधानन्यायाधिश बनाउने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्ताव प्रतिपक्ष दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यन गर्नुपर्ने समय माग गरेपछि सो सम्बन्धमा ठोस सहमति हुन नसकेको हो । परिषदको आगामी असार १५ गते बस्ने बैठकले भने प्रधानन्यायाधिशको नियुक्ति गर्ने निर्णय गरेको छ ।

आगामी १५ गते बस्ने बैठकमा प्रधानन्यायाधिश नियुक्ति गर्ने सहमति भएको उपसभामुख गंगाप्रसाद यादवले जानकारी दिए । उनले विपक्ष दलका नेता ओलीले समय माग गरेकाले आज प्रधानन्यायाधिशको नियुक्तिका लागि सिफारिसको विषयमा ठोस निर्णय लिन नसकिएको पनि स्पष्ट पार्नु भयो ।

सुशीला कार्कीेले अवकाश पाएपछि हाल कायममुकायम प्रधानन्यायाधिशको जिम्मेवारी सर्वोच्च अदालतका वरिष्ठ न्यायाधिश पराजुलीलाई दिइएको छ । प्रमुख प्रतिपक्ष एमालेले पराजुली विवादित न्यायाधिश भएकाले प्रधानन्यायाधिश जस्तो गरिमामय पदमा ल्याउन नहुने रणनीति लिएको बुझिएको छ ।