कांग्रेसले चुनाव प्रचारमा प्रयोग गरेको जिप अर्घाखाँचीमा दुर्घटना,१ जनाको मृत्यु

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

अर्घाखाँची, ६ असार। नेपाली कांग्रेसले चुनाब प्रचारका लागि प्रयोग गरेको जिप अर्घाखाँचीको पाणिनी गाउँपालिकामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन । लु १ ज १९५८ नम्बरको जिप दुर्घटना हुँदा २५ वर्षीय अर्जुन घिमिरेको मृत्यु हो । घाइते ९ जनाको पाल्पाको मिसन अस्पताल तानसेनमा उपचार भैरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक प्रदिपकुमार डिसीले जानकारी दिए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । अहिले सम्म दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।