छत्रकोट गाउँपालिका १ मा कांग्रेसका प्रभाबशाली नेताको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

गुल्मी, ६ असार । नेपाली कांग्रेका प्रभावशाली स्थानीय नेता महेश्वर भणडारीले छत्रकोट गाउँपालिका वडा नम्बर १ को अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन्  ।

साबिक हुँगा गाबिसका कांग्रेस पूर्वसभापति समेत रहेका  भण्डारीले उम्मेदवारी चयनमा बिबाद भएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन्  । स्थानीय स्तरमा प्रभावशाली मानिने नेता भण्डारी लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय छन्  । उनको उम्मेदवारीले कांग्रेसको ठूलो सङ्ख्यामा भोट काटिने धेरैको अनुमान छ । हुँगा पहिले देखिनै कांग्रेसको गढ मानिदै आएको क्षेत्र हो ।

कांग्रेसले वडा अध्यक्षमा धातानन्द भण्डारीलाई उठाएको छ । दुईबीचको चर्को प्रतिस्पर्धाकाबीच कांग्रेसले पूर्वसभापति महेश्वर भण्डारीलाई पाखा लगाएर धातानन्दलाई उठाएको हो । वडा अध्यक्षमा एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा हुने आंकलन गरिएकोमा महेश्वरको उम्मेदवारीले एमालेलाई बल पुग्ने एमाले नेताहरुको भनाई छ । एमालेका तर्फबाट वडा अध्यक्षमा यमलाल भण्डारीको उम्मेदवारी परेको छ । त्यस्तै साबिक हुँगाका कांग्रेस कै पूर्वसमापति मार्कण्ड भण्डारीले छत्रकोट गाउँपालिकाको उपप्रमूख पदमा स्वतन्त्र उम्मेदवारी दिएका छन्  । असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा गुल्मीमा २ नगरपालिका र १० गाउँमालिकाका ९३ वडामा नेतृत्व चयन हुँदैछ ।