लखपति माग्ने बनाउदै सबनम (फोटो फिचर)

arjun Entertainment/मनोरञ्जन , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Others/अन्य , Photo Bank , Photo Gallery , न्युज बैंक बिषेश , ७ वर्ष अगाडि

न्युज बैंक नेपाल, काठमाडौं । पृथक र मौलिक चलचित्रको निमार्ण बढिरहेको बेला महिला निर्देशक सबनम मुखियाले चलचित्र ‘लखपति माग्ने’बनाउने भएकी छिन ।

हेटौडा मूभी मेकर्स टीम र ड्रिम वर्ल्ड अफ फिल्म मेकर्सले निर्माण गर्न लागेको चलचित्र ‘लखपति माग्ने’को आयोजित एक समारोहका विच कार्यक्रमकी प्रमुख अतिथी तथा नेपालकै प्रथम नायिका भूवन चन्दले लोकार्पण गर्नु भएको हो ।

समारोहमा चन्दले चलचित्र ‘लखपति माग्ने’को निर्देशक सवनम मुखीयालाई शुभकामना दिदै नाम नै युनिक भएकोले दर्शक समक्ष जान सजिलो हुने बताउनु भयो । कार्यक्रममा विशिष्ट अतिथिको आशनबाट बोल्दै बरिष्ठ निर्देशक लक्ष्मीनाथ शर्माले निर्देशक सवनम मुखीया जुझारु एवम मेहनती महिला भएको भन्दै शुभकामना दिनुभयो । त्यस्तै अतिथी, लेखक एवम निर्देशक मोहन निरौलाले ‘लखपति माग्ने’लाई शुभकामना दिनु भयो ।

समारोहमा अतिथि बरिष्ठ रंग पत्रकार शान्तिप्रियले निर्देशक सवनम मुखीया चलचित्रको प्रथम महिला सिनेमाटोग्राफर मात्र नभएर जुझारु चलचित्रकर्मी एवं सफल निर्देशक बन्ने दावी गर्नु भयो । त्यस्तै अतिथी तथा ओस्कार कलेजका प्रिन्सीपल विनोद पौडेलले ओस्कार पढ्दा देखिनै सवनममा हुने विरुवाको चिल्लो पात देखेको बताउनु भयो । चलचित्र जुभिनाइलका तर्फबाट कलाकार माधव पौडेलले स्वागत मन्तव्य दिएका थिए ।

सवनम मुखीयाको लेखन,निर्देशनमा ‘लखपति माग्ने’ बन्न गइरहेको छ । भदौ पहिलो सातादेखी फ्लोरमा जाने बताइएको ‘लखपति माग्ने’मा अहिलेसम्म कमलमणी नेपाल एवं निरु खड्का कलाकारका रुपमा छनौट भएका छन् भने अन्यको छनौट चलिरहेको छ । चलचित्रमा सन्तोष श्रेष्ठको संगीत एवं शान्तिप्रियको गीत रहने पक्का भैसकेको छ । चलचित्र हाँस्यप्रधानमा आधारीत रोमान्टीक हुने लेखक निर्देशक सवनम मुखीयाले बताइन् । चलचित्रका निर्माता नरेन्द्र महर्जन तथा प्रकाशचन्द्र महर्जन हुन् ।

यसै समारोहमा चलचित्र जुभिनाइलको दुई गीत पनि सार्बजनिक गरिएको छ । जुभिनाइल सवनमले नै निर्देशन गरेको लघु चलचित्र हो । जुन चलचित्रको अन्तिम कार्य भइरहेको छ । कार्यक्रममा शान्तिप्रियको शब्द, युवराज चौलागाई र एञ्जीला रेग्मीको स्वर तथा सन्तोष श्रेष्ठको संगीत रहेको एक गीत तथा नितेश जंग कुवरको शब्द,स्वर एवं संगीत रहेको उक गीत सार्वजनिक गरिएको थियो भने सन्तोष श्रेष्ठकै संगीतमा रहेको भूमीका सुब्बाको स्वरमा अर्को गीत पनि समाविष्ट छ । चलचित्रम कुमार गजुरेल, सञ्जना तिमल्सीना, माधव पौड्याल, मोहन चाम्लीङ, ओमकृष्ण भण्डारी, नीशा थापा, सविन कटुवाल, सुवास वडाल, जगदीश अधिकारी, विष्णु प्रसाद कोइराला, उज्ज्वल पौडेल, वसन्त रीजाल, उज्ज्वल अधिकारी, कवि राई आदि कलाकारहरुको अभिनय रहेको छ ।

पुरस्कारको घोषणा !
कार्यक्रममा ड्रिम वर्ल्ड्ले आफ्नो वार्षिकोत्सवको अवसर पारेर विभिन्न चलचित्रकर्मीलाई पुरस्कृत गर्ने शुरुआत गर्न लागेको कुरा सवनम मुखीयाले बताइन् । आफ्ना बाबु श्याम मुखीया एवं आमा सुनीता मुखीयाको सम्मानमा श्याम–सुनीता चलचित्रकर्मी पुरस्कार स्थापना गरेको सवनमले बताइन् । श्रावण देखी ड्रिम वल्र्डको वार्षिकोत्सवमा यो पुरस्कार शुरुवात गरिने नताइएको छ ।

4E0A6476

4E0A6462

4E0A6479

4E0A6484

4E0A6489

4E0A6511

4E0A6513

4E0A6517

तस्विर – शिव सत्याल