चारकिलोमा पहिरोले अबरुद्ध मुग्लिन सडक खुल्यो

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

चितवन,७ असार । पहिरोका कारण अबरुद्ध मुग्लीन–नारायणगढ सडक सञ्चालनमा आएको छ । पृथ्वी राजमार्ग अन्र्तगत चितवनको कालीखोला र चारकिलो भन्ने स्थानमा खसेको पहिरो प्रहरी र सडक डिभिजनका कर्मचारीले हटाएपछि ४ घण्टादेखि अवरुद्ध सञ्चालनमा आएको छ । बिहान ३ बजेको समयमा खसेको पहिरोका कारण सो सडक अबरुद्ध भएको थियो । पहिरोका कारण यातायात बन्द हुँदा चितवनबाट काठमाडौँ तथा पोखरा जाने र आउने सवारीको ठूलो लाइन लागेको थियो ।

दुई दिनअघि पनि यहाँको कालीखोलामा पहिरो खस्दा ८ घन्टा यातायात बन्द हुन पुगेको थियो । मुग्लिन सडक विस्तारका क्रममा रहेकाले यहाँ पहिरो खस्ने क्रम चलिरहेको छ । केही महिनाअघि यहाँ सुक्खा पहिरो खस्दा दुईजनाको ज्यानसमेत गएको थियो ।