पोखरा, ७ असार । सत्यनिरुपण तथा मेलमिलाप आयोग नेपालका अध्यक्ष सूर्यकिरण गुरुङले सशस्त्र द्वन्द्वका बेला भएका घटनाको उजुरी पुनःलिइने बताएका छन।
आयोगको प्रदेश नं ४ मुकाम कार्यालयको आज उद्घाटन गर्दै उनले ग्रामीण क्षेत्रका कतिपय पीडित छुटेका हुँदा दोस्रो चरणको स्थानीय तहको निर्वाचनलगत्तै उजुरी लिने गरी आयोगले तयारी गरेको बताए। आयोगमा हालसम्म ५८ हजार ५२ वटा उजुरी दर्ता भएको जानकारी दिँदै उनले प्रदेश नं १ मा छ हजार २९९, प्रदेश २ मा तीन हजार ७५९, प्रदेश ३ मा तीन हजार ९२१, प्रदेश ४ मा तीन हजार ६३६, प्रदेश ५ मा १६ हजार ३४०, प्रदेश ६ मा १० हजार ३०६ र प्रदेश ७ मा १० हजार २१६ एवम् आयोगको कार्यालयमा तीन हजार ५८४ दर्ता भएको बताए ।