रामदेवका ६ औषधि सरकारद्धारा गुणस्तरहीन ठहर

arjun Business/अर्थ ब्यापार , ७ वर्ष अगाडि

काठमाणडौ,७ असार । पतञ्जली आयुर्वेदिक केन्द्रबाट उत्पादित ६ औषधि गुणस्तर जाँचमा फेल भएका छन् । औषधि व्यवस्था विभागका अनुसार पतञ्जलीबाट उत्पादित औषधिहरु माइक्रोबायल टेष्ट अर्थात औषधीको गुणस्तर जाँचमा फेल भएका हुन् । फेल भएका औषधीमा आमला चुर्ण, दिव्या घसर चुर्ण, बाकुची चुर्ण, त्रिफला चुर्ण, अश्वगन्धा चुर्ण र अदिव्या चुर्ण रहेका छन् ।
विभागले गुणस्तर जाँचमा फेल भएका ब्याचका औषधिहरु विक्री रोक्न र तत्काल फिर्ता लिन पतञ्जलीलाई भनेको छ । यसअघि पनि विभाग पतञ्जली आयुर्वेदिक केन्द्रद्धारा उत्पादित चार औषधि विक्री वितरणमा रोक लगाएको थियो । केन्द्रद्धारा उत्पादित विलादी चुर्ण, अभिपत्तिकर चुर्ण, अजमोदादी चुर्ण तथा सितोफलादी चुर्ण नामक चार प्रकारका औषधि न्युन गुणस्तरको भएको भेटिएको थियो ।