नेपालको शैक्षिक सुधार कार्यक्रमका लागि ‘आईडिए’ ले १९ अरव ५ करोड ऋण सहायता उपलब्ध गराउने

arjun Business/अर्थ ब्यापार , ७ वर्ष अगाडि

काठमाण्डौ,८ असार ।अन्तराष्ट्रिय विकास महासंघ ‘आईडिए’ ले नेपालको शैक्षिक क्षेत्र सुधार कार्यक्रमका लागि १९ अरव ५ करोड ऋण सहायता उपलब्ध गराउने भएको छ । शिक्षण सिकाई क्रियाकलापलाई प्रभावकारी बनाउने उद्देश्यका साथ संचालन हुने शैक्षिक क्षेत्र सुधार कार्यक्रमका लागि ‘आईडिए’ ले नेपाल सरकारलाई १९ अरव ५ करोड ऋण सहायता उपलब्ध गराउने सम्झदारी गरेको हो । विहिबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच अर्थ सचिव शान्तराज सुवेदी र ‘आईडिए’का राष्ट्रिय निर्देशक तकुया कामताबीच नेपालको शैक्षिक क्षेत्र सुधार कार्यक्रमका लागि ऋण सहायता उपलब्ध गराउने सम्झदारी पत्रमा हस्ताक्षर भएको छ । । कार्यक्रममा बोल्दै अर्थ सचिव सुवेदीले ‘आईडिए’ ले नेपालको शैक्षिक क्षेत्र सुधारका लागि विभिन्न कार्यक्रममा सहयोग उपलब्ध गराउँदै आएको स्पष्ट पारे ।

दाताहरुले नेपालको शैक्षिक क्षेत्र सुधार कार्यक्रमका लागि निरन्तर आर्थिक सहायता उपलब्ध गराउँदै आएपनि उल्लेख्य प्रगति भने हुन नसकेको विभिन्न अध्ययण प्रतिवेदनले देखाएको छ । ‘आइडिए’ले नेपालको सामाजिक तथा आर्थिक क्षेत्रको विकासमा पनि चासो राख्दै आएको छ ।