गोहीले हात चुँडाएका प्रसाद उपचारपछि घर फर्के

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ८ वर्ष अगाडि

चितवन, ८ असार । गोहीले आक्रमण गरी दाहिने हात चुँडाएर लगेका चितवन खैरहनीका ४६ बर्षीय प्रसाद महतो उपचार पछि घर फर्किएका छन्  ।

गोहीले आक्रमण गरी उनको दाहिने हात चुँडाएर लगे पछि उनको चितवनको भरतपुरस्थित एलाइभ अस्पतालको आकस्मिक कक्षमा उपचार भई रहेको थियो । उनलाई गएको जेठ १७ गते पूर्वी चितवनको कुमरोजस्थित इचर्नी खोलामा जाँदा गर्दा गोहिले आक्रमण गरेको थियो । भmन्डै १५ दिन अस्पतालको बसाइपछि उनी अहिले घर गएका छन् । उनको घाउमा छाला जोड्न किला राखिएको छ । सिलाइएको छ । घाउको अधिकांश भाग निको भएको छ । अब एक हप्ता जतिमा किला पनि निकाल्ने चिकित्सकले बताए ।

हात लगे पनि ज्यान बचेकामा खुसी भएका प्रसाद अहिले उपचार सफल भएकामा थप खुसी देखिन्थे । भन्छन् – “सबै काम दाहिने हातले हुन्थ्यो, गोहीले लगिहाल्यो अब देब्रे हात चलाउनुपर्ला ।” रासस